दफा
रेखदेख, नियन्त्रण र निर्देशन
:
(१) सशस्त्र प्रहरीको रेखदेख गर्ने, नियन्त्रण गर्ने रनिर्देशन दिने अधिकार नेपाल सरकारलाई हुनेछ ।
(२) उपदफा (१) बमोजिम नेपाल सरकारलाई प्राप्त अधिकार नेपाल सरकारले मातहतका कुनै अधिकारीलाई आवश्यकता अनुसार प्रत्यायोजन गर्न सक्नेछ ।
(३) नेपाल सरकार र उपदफा (२) बमोजिम अधिकार प्राप्त अधिकारीले दिएको आदेश तथा निर्देशनको पालना गर्नु सशस्त्र प्रहरीको कर्तव्य हुनेछ ।